अत्तरिया चोकमा फेरी ठडियाे राजा महेन्द्रको सालिक

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्य चोक मानिने कैलालीको अत्तरियामा स्वर्गीय राजा महेन्द्रको सालिक पुनः राखिएको छ । २०६२\६३ को जनआन्दोलनका क्रममा भत्काएको सालिक पुनः निर्माण समिति गोदावरीले स्थानीयको पहलमा सोमबार राखेको हो।

शालिक पुनः निर्माण समितीको पहलमा स्थानीयको स्वच्छिक सहयोगमा राजा महेन्द्रको ६ फिट अग्लो सालिक अत्तरिया चोकमा राखिएको समितीका अध्यक्ष हरीदत्त भट्टराईले बताए । इतिहासलाई जोगाउनुपर्ने भन्दै सालिक राखिएको उनकाे भनाई छ ।

२०६२/०६३ मा आन्दोलनले राजा महेन्द्रको सालिक फालिदिएका थिए। आन्दोलनकारीले गणतन्त्रको नारा लगाउँदै सालिक तोडफोड गरेर सालिक भत्काइ दिएका थिए। सोमबार बिहान सालिकसहित अत्तरिया बजार परिक्रमा गरेर चोकमा पुनर्स्थापना गरिएकाे हाे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.