तीर्थस्थल जिमराडीमा नुहाउँदा डुबेर एकको मृत्यु

अछाम। अछाममा तीर्थ गर्न गएका एक पुरुषको डुबेर मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ६ का हरिप्रसाद भण्डारीका छोरा करिब ५२ वर्षका वेद प्रसाद भण्डारीको नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको हो ।

मंगलसेन नगरपालिका वडा नम्बर ३ मा कैलाश खोला र बुढीगंगा नदीको दोभान जिम राडीमा नुहाउने क्रममा नदीको भँगालोमा परी डुबेर मृत्यु भएको अछामका प्रहरी प्रमुख डिएसपी रविराज थपलियाले बताए । ठुलासैन बजारमा व्यापार व्यवसाय गर्दैआएका मृतक भण्डारी पूर्व शिक्षक तथा पूर्व प्रधानपञ्च समेत हुन् ।

घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक गङ्गादत्त बडूको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको अछाम प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.