धनगढी । गोरखापत्र संस्थानको महाप्रबन्धकमा लालवहादुर ऐरी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले डडेल्धुरका पत्रकार ऐरीलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कान्तिपुर टिभिमा जिल्ला ब्युरो संयोजक भएर काम गर्दै गरेका ऐरी प्रेस युनियन सुदूरपश्चिम प्रदेश संयाेज हुन् । त्यस्तै, आजकै बैठकले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार संगीता खड्का नियुक्त भएकी छन् ।
नेपाल पत्रकार महासंघकी पूर्वसचिव खड्का प्रेस सेन्टर नेपालमा आबद्ध रहेकी छिन् ।