धनगढी । आहारा खोज्दै गाउँ पसेको चितुवा पासोमा परेर मरेको छ । घोडाघोडी नगरपालिका वडा नम्बर १० तुल्सीपुर सामुदायिक वन नजिकै रहेको झिरौखामा पासोमा परेर चितुवा मरेको सब डिभिजन वन कार्यालय सुखडले जनकारी दिएकाे छ ।
बिहीबार विहानै चितुवा पासोमा परेको खबर आउनसाथ आफूहरु घटनास्थल पुगेर उद्दारको प्रयास गरेको सब डिभिजन प्रमुख विश्वराज पण्डितले बताए । जिउँदै अवस्थामा रहेको चितुवा उद्धारमा थप सहयोग चाहिने भएपछि बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वाराबाट उद्धार टोली बोलाइएको थियो । टोलीले उद्धार गर्न नपाउँदै चितुवा मरेको प्रमुख पण्डितले जानकारी दिए ।
गाउँमा उक्त चितुवाले बंगुर खाएर फकिर्ने क्रममा पासोमा परेको जनाइएको छ । सोही गाउँमा चितुवाले कुकुर बाख्रालाई समेत आक्रमण गरेको स्थानीयको भनाइ छ ।मरेको चितुवालाई डिभिजन वन कार्यलय पहलमानपुर लगिएको र मुचुल्का उठाएर सुरक्षित स्थानमा गाड्ने तयारी भएको बताइएको छ ।