चिनीयाँ विदेशमन्त्रीले ओली र प्रचण्डलाई भेट्दै

नेपालको औपचारिक भ्रमणमा आएका चिनीयाँ विदेश मन्त्री वाङ यीले आज सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्दैछन्।

बिहान ११:१० बजे एमाले अध्यक्ष ओलीसँग भेट गर्ने चिनीयाँ विदेशमन्त्रीले त्यसपछि ११:४५ बजे ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।यी सँगको भेटमा नेपाल–चीन द्विपक्षीय हितबारे छलफल हुनेछ।चिनियाँ विदेशमन्त्री आजै अपराह्न ३ बजे बेइजिङका लागि उड्ने कार्यक्रम छ।

शुक्रकार साँझ काठमाडौं ओर्लिएका विदेशमन्त्री वाङ यी शनिबार बिहान शिवपुरी हाइकिङ गएका थिए। त्यसपछि राजनीतिक भेटघाट सुरू गरेका उनले दिउँसो परराष्ट्र मन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेर बेलुका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए।

विदेशमन्त्रीको भ्रमणका क्रममा नेपाल र चीनबीच विभिन्न नौ वटा समझदारी पत्रमा हस्ताक्षर गर्नुका साथै चिनियाँ सहयोगमा बनिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.