मदिरा सेवन गरेर हाेलीमा रमेका ३२ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा मदिरा सेवन गरेर होली मनाएकामध्ये कम्तीमा ३२ जनाको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार होली मनाउने क्रममा विषालु मदिरा सेवन गरेकामध्ये विहारका विभिन्न जिल्लामा ३२ जनाको ज्यान गएको हो।

मृत्यु हुनेमा भागलपुरका १६, बाँकाका १२, मधेपुराका ३, नालंदका १ जना छन्।विषाधियुक्त मदिरा सेवनबाट दर्जनौं व्यक्ति बिरामी भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ।अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवनका कारण भागलपुरमा २, बाँकामा ६ र मधेपुरामा दर्जनबढी व्यक्ति गम्भीर बिरामी भएका छन्।

बिहारमा  सन् २०१६ देखि  अनाधिकारिक रूपमा उत्पादन हुने रक्सीको बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको भएपनि घरायासी रूपमा बनाइने सस्तो मदिरा पिउँदा मदिरामा हुने बिषाक्त तत्वका कारण मृत्यु हुने गरेको स्थानीयको भनाई छ।

यसैबीच घटनाको विरोधमा स्थानीयले प्रदर्शन गरेका छन्। उनीहरूले प्रहरी र व्यवसायीबीचको मिलेमतोमा घटना भएको भन्दै आक्रोश पोखेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.