लालबन्दीमा प्रहरीमाथि आक्रमण, घाइते सईलाई काठमाडौं लगियाे

धनगढी । सर्लाहीको लालबन्दीमा  प्रहरीमाथि आक्रमण भएको छ। लालबन्दी नगरपालिका वडा नम्बर १२ र १३ को सीमामा पर्ने झोलुङ्गे पुलमा स्थानीय युवाहरुले पत्थरकोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) रामएकबवाल यादवमाथि आक्रमण गरेका हुन्।

बिहीबार राति फरार अभियुक्तलाई समात्न जाने क्रममा उनीमाथि आक्रमण भएको सर्लाही प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले जानकारी दिए। घाइते यादवलाई उपचारकालागि काठमाडौंस्थित नेपाल प्रहरी अस्पताल लगिएकाे छ।

आक्रमण गर्ने समूह फरार भएको र उनीहरुको खोजी भइरहेको एसपी प्रसाईंले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.