खेल्दाखेल्दै घाँटिमा गलबन्दी बेरिएर बालिकाको मृत्यु

धनगढी । घाँटिमा गलबन्दी बेरिएर दार्चुलामा एक बालिकाको मृत्यु भएको छ। बिहीबार जिल्लाको महाकाली नगरपालिका-४ बांगाबगडस्थित आफ्नै कोठाको झ्यालमा खेल्ने क्रममा गलबन्दी घाँटीमा बेरिएर १० वर्षीया जेनिशा कार्कीको मृत्यु भएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार गलबन्दीको पासो घाँटीमा अड्किएको अवस्थामा उनकी आमाले देखेपछि तत्काल फुकाली जिल्ला अस्पताल पठाइएको थियो। जेनिशाको उपचारका क्रममा हिजो नै मृत्यु भएको प्रहरीले बताएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.