काठमाडौं । ‘हिमाल सुरक्षा परिषद नेपाल’ले ‘सशस्त्र युद्ध’को घोषणा गरेको जनाएको छ। भूमिगत शैलीमा आतङक सिर्जना गरिरहेको सो समूहले एक विज्ञप्ती जारी गर्दै सशस्त्र युद्धको घोषणा गरेको जनाएको हाे ।
उक्त समूहले विज्ञप्तिमार्फत एमसीसी सम्झौता अनुमोदनको विरोध गर्दै संवैधानिक राजतन्त्र, बहुदलिय प्रजातन्त्रसहित २०४७ सालको संविधान लागू गर्न पनि माग गरेको छ।
यसअघि प्रहरीले साे समुहका एक दर्जन कार्यकर्ता पक्राउ गरेर सार्वजानिक गरिसकेको छ।