भागरथीकाे बलात्कारपछि हत्यारालाई साढे १२ वर्ष कैद
धनगढी । बलात्कारपछि हत्या गरेकाे प्रमाणित गर्दै जिल्ला अदालत बैतडीले स्थानीय दिनेश बिष्टलाई साढे १२ वर्ष कैदकाे फैसला गरेकाे छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षकी भागरथी भट्टको बलात्कारपछि हत्या मुद्दामा जिल्ला अदालत बैतडीले डीएनए परीक्षणलाई आधार मानेर उनका सहपाठी दिनेश भट्टलाई दोषी ठहर गरेको हो।
जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले आरोपित भट्टले प्रहरी र अदालतमा गरेको साविती बयानका साथसाथै डीएनए परीक्षणलाई समेत आधार मानेर फैसला गरेका हुन्। जिल्ला अदालतले दिनेशलाई १२ वर्ष ६ महिना कैद सजाय तोकेको छ।
२१ माघ २०७७ मा विद्यालय गएकी भागरथी भोलिपल्ट नजिकैको जंगलमा सडकबाट करिव सय मिटर तल उनको शव भेटिएको थियो। टाउकोमा चोट, घाटी दबिएको, अनि खुट्टाको औलामा घाउ भएको र गुप्तांगमा चोट लागेको अवस्थामा उनको शव भेटिएको थियो। शव नजिकै उनको मोवाइल फेला परेको थियो।
घटनापछि पक्राउ परेका युवक दिनेश भट्टले आफूले भागरथीलाई धकेलेर लडाएको, त्यसपछि बाटो तल पु¥याएको र बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए।