एमसीसी संसदमा टेबुल भएपछि सत्तारुढ दल नै बिराेधमा उत्रिए

धनगढी । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको प्रस्ताव प्रतिनिधि सभामा पेश भएपछि चौतर्फी विरोध सुरु भएको छ। आज एमसीसी प्रतिनिधिसभामा टेबल भएको बिराेधमा सत्तारुढ दल राष्ट्रिय जनमाेर्चा लगायत सडकमा उत्रेका हुन् ।

प्रमुख प्रतिपक्षी दल र केही सत्तारुढ दलहरुकको विरोधका बीच एमसीसी संसदमा टेबल भएको हो। विरोधका बीच एमसीसी संसदमा टेबल भएपछि विभिन्न पार्टीका युवा संघ तथा संगठन सडकमा उत्रेका छन्। यस्तै सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले पनि धनगढीमा उक्त सम्झौताको विरोध गरेको छ।

राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ताले कैलालीको जिल्ला प्रशासन कार्यालय पनि घेराउ गरेका थिए। यसअघि विद्यार्थीहरुले पनि विरोध गरेका थिए। उनीहरुले विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि नारावाजी गरेका थिए।एमसीसी खारेज गर्न माग गर्दै उनीहरुले विरोध गरिरहेको बताएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.