‘विदेशी सहयोग नलिने भन्ने होइन, एमसीसी मुलुकको हितमा छैन’ वाईसीएल

धनगढी । नेपाली युवाहरुकाे संगठन वाइसीएल नेपालका फ्याक्सन इन्चार्जसमेत रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दिपशिखालेअमेरिकी सहयोग परियोजना एमसीसी मुलुकको हितमा नभएको बताएका छन् । प्रेस सेन्टर कैलालीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुलुकको हितमा नभएकाले यसलाई अगाडि बढाउन नहुने धारणा राखेका हुन् ।

‘विदेशी सहयोग नलिने भन्ने होइन, तर मुलुकको हितमा छैन भने त्यस्तो सहयोग लिनु हुँदैन भन्ने पक्षमा हाम्रो पार्टी छ ।’ उनले भने, ‘एमसीसी जबरजस्ती पारित गरिन्छ भने सरकारबाट बाहिरिनुपर्छ । यो जबरजस्ती लादन खोजिए गठबन्धन तोडिए पनि माओवादी एमसीसीको पक्षमा उभिदैन ।’

एमसीसीलाई संसदमै टेबुल गर्न नहुने उनले बताए । एमसीसीलाई अगाडि बढाउन नहुने मागसहित वाइसीएलले देशभर प्रदर्शन गर्दैआएकाे सापकोटाले बताए । ‘एमसीसी टेबुल गर्नै हुँदैन भन्ने पक्षमा हामी छौँ’ उनले भने । मुलुकको अहितमा हुने गलत सम्झौताको पक्षमा नेकपा माओवादी केन्द्र आवद्ध नरहेको उनले बताए । मुलकको हित विपरित हुनै पनि सन्धीसम्झौतामा माओवादी अहिलेसम्म सहभागी नभएको र एमसीसीमा पनि एमसीसीको समर्थन नहुने उले प्रष्ट पारे ।

‘एमसीसी चाहिदैन माओवादीले भनेको थिएन, नेपालका कानुन लागु हुने, नेपाल सरकारको निगरानीमा अनुगमन रहने गरी पास हुन लागेको भए माओवादीले विरोध गर्ने थिएन ।’ सापकोटाले भने, ‘तर, अहिले नेपालको कानुनभन्दा माथि हुने गरी जसरी संसदबाट पास गराउने खेल भइरहेको छ, माओवादी यसको विरोधमा हो ।’

जबरजस्ती सदनबाट पास गरेमा एमसीसीको मुद्दा लिएर जनताबीच जाने उनले बताए । एमसीसीलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले द्धैध चरित्र देखाएको आरोप उनले लगाए । अर्को प्रसङ्गमा उनले कुनैपनि निर्वाचन माओवादी एक्लै लड्न सक्षम रहेको बताएका छन् । ‘माओवादीलाई हेपेर, हेयिएर, तालमेल नभइकन चुनाव लड्न सक्दैन भन्ने ढंगले जसरी कुरा आएको म त्यसको जवाफ के दिन चाहन्छु भने माओवादी केन्द्र एक्लै लड्न तयार छ । पहिलो पार्टी हुनका निमित्त प्रतिस्पर्धामा छ ।’

उनले भने, ‘आउँदो चुनावबाट हामी पहिलो पार्टी बन्छ ।’ कसैको सहायता नलिएर माओवादी एक्लै चुनाव लड्न सक्षम रहेको भन्दै चुनावको तयारीका लागि वाइसीएल एक निर्वाचन क्षेत्र बराबर एक वाइसीएलको नीति बनाएर अभियानमा सञ्चालन गरिरहेको जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.