सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
धनगढी । सेती प्रादेशिक अस्पताल अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।कैलालीकाे गौरीगंगा नगरपालिकाकी ६५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हाे ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार ती महिलाको शनिबार (हिजो)देखि अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो।
हाेटलमा एक जना मृत भेटिए
एक पुरुष होटेलमा मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका-४ राजीपुरमा रहेको गहतेगडा होटेलमा घोडाघोडी नगरपालिका-१ का अन्दाजी ३५ वर्षीय साधन डान मृत भेटिएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार डान यही माघ ३ गतेदेखि उक्त होटेलमा बस्दै आएका थिए। शनिबार उनी ओछ्यानमै घोप्टिएको अवस्थामा मृत भेटिएका प्रवक्ता जोशीले बताए। मृत्युको कारण भने खुल्न नसकेको र आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।