धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी किरन थापाले धनगढीमा मास्कको प्रयोग अनिवार्य गर्न नगरीकलाई आग्रह गरेका छन्। कोरोना भाइरसको संक्रमण तिव्र फैलिएका बेला सिडीओ नेतृत्वको टोलीले आईतवार धनगढी बजारमा नागरिकलाई मास्क अनिवार्य प्रयोग गर्न सुझाएकाे हो।
सिडीओ थापासँगै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलगायतको संयुक्त टोलीले धनगढीका बजार क्षेत्रका व्यापारी र सर्वसाधारणलाई कोरोनाको संक्रमणबाट जोगिन मास्कको प्रयोग गर्न आग्रह गरेका छन्। उनीहरु आफै बजारमा घुमेर सर्वसाधारणलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै थिए।
