सुदूरपश्चिमकाे सैपाल हिमालसँग मानव सम्बन्ध कहिले जोडिएला ?

बझाङ । हिमालसँग मानवसम्बन्ध जोडिएको ७० वर्षसम्म पनि सुदूरपश्चिमकै आकर्षक बझाङको साइपाल हिमाल (७,०३१ मिटर) को अझै सफल आरोहण हुन सकेको छैन। साइपाल आरोहणका लागि अघिल्लोपटकका आरोहीसहित ३७ जनाको टोलीले प्रयास गरे पनि असफल भएका थिए। अव सैपाल हिमालसँग मानव सम्बन्ध कहिले जोडिएला ? उत्तर अनुत्तरितनै छ ।

उसाे त पश्चिम क्षेत्रमा १०० बढी हिमाल पहिचान गरी आरोहणका लागि खुला गरिए पनि अझै आरोहण हुन सकेको छैन। त्यसैले आरोहण हुन नसकेका हिमालको आरोहण सफल बनाउन पर्यटन विभागले सहयोग गर्नुपर्ने पर्यटन व्यवसायीको माग छ । विभागले आरोहण हुन नसकेका हिमालको आधार शिविरसम्म पुग्ने बाटो, भौतिक संरचना निर्माण र प्रचारप्रसार गरी आरोहीलाई आकर्षित गर्नुपर्ने साइपाल हिमाल आरोहण दलका बेसक्याम्प मेनेजर भोजराज भट्टको भनाइ छ।

सुदूरपश्चिमका हिमालबाट विभागले २०७५ सालसम्मको तथ्याङ्कमा चार लाख ८१ हजार राजस्व सङ्कलन गरेको छ। सरकारले पहिचान गरी आरोहणका लागि खुला गरेका ४०३ हिमालमध्ये मुख्य आकर्षक हिमालमा साइपाल पर्ने साइपाल हिमाल आरोहण गर्न गएका आरोहीको भनाइ छ। पश्चिम क्षेत्रमा करिब डेढ सय हिमाल छन् तर आरोहण हुन नसकेको भन्दै यसका लागि तीनै तहका सरकारले विशेष प्याकेज नै ल्याएर आरोहण विस्तार गर्नुपर्ने उनको सुझाव छ।

स्थानीयवासीले सुदूरपश्चिममै पहिलो आरोहण हुन लागेको भन्दै पछिल्लो पटक गएका पर्वतारोहीलाई बझाङको सदरमुकाम चैनपुरमा स्वागत गरेका थिए। आरोहण दलका सदस्य र स्थानीयसहित ३७ को टोली आधारशिविरतर्फ गएको थियो। आरोहण दलमा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढिसकेका आरोही डा जर्ज र एडुर्ने पासावन रहेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.