बैतडीमा अन्तरपालिका भलिवलकाे उपाधि मेलौलीले जित्याे

बैतडी । बैतडीको पञ्चेश्वरमा सम्पन्न अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ। फाइनल खेलमा सिगासलाई ३–२ को सेटले पराजित गर्दै मेलौलीले उपाधि हात पारेको हो।

उपाधिसँगै मेलौलीले १ लाख १० हजार १ सय १ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। सिगासले ७५ हजार १ सय १ नगद, कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ। No description available.मेलौली दशरथचन्द नगरपालिकालाई हराएर फाइनलमा प्रवेश गरेको हो भने सिगास पञ्चेश्वर गाउँपालिकालाई हराउँदै फाइनलमा पुगेको हो।

यसैगरी मेलौली नगरपालिकासँग पराजित भएको दशरथचन्द नगरपालिका तृतीय भएको छ। पञ्चेश्वर गाउँपालिकालाई २ १ को सेटमा हराउँदै दशरथचन्द नगरपालिका तृतीय भएको हो। तृतीय स्थान हाँसिल गरेको दनपाले ५० हजार १ सय १ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने सान्त्वना स्थान हाँसिल गरेको पञ्चेश्वर ए ले ३० हजार १ सय १ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

पुस ५ गतेबाट सुरु भएको प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.