भ्रामक समाचार प्रसारण गर्ने युट्युबलाई प्रहरीले कारवाही गर्ने
धनगढी । कैलाली प्रहरीले जानकी गाउँपालिका–९ का २५ वर्षीय युवा अर्जुन दासको हत्याबारे भ्रामक समाचार प्रसारण गर्ने युट्युबलाई कारवाहीको चेतावनी दिएको छ । प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले भ्रामक समाचार प्रसारण गर्ने युट्युब सञ्चालक कानुनी कारवाही गर्ने चेतावनी दिएको हो ।
प्रहरी प्रवक्ता वेदप्रकाश जोशीद्वारा जारी विज्ञप्तिमा सुधाखबर, रमाइलो टिभी, निराजन अनलाइन टिभी, वाइबीके अनलाइन खबर, नयाँ खोज नेपाल, वोर्डलिंक च्यानलले दास हत्याबारे भ्रामक समाचार प्रसारण गरेको उल्लेख छ ।उक्त च्यानलमा प्रसारण भएका भ्रामक सामाग्री नहटाए कानुनी कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
