काठमाण्डाैंबाहिर पहिलो बायोमेडिकलकाे मुख्यमन्त्री भट्टले गरे उद्घाटन

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आम नागरिकको ज्यान बचाउनका लागि स्वास्थ्य क्षेत्रमा चाहिने बजेटमा कमि हुन नदिइने बताएका छन् ।

दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सेती सभाहलमा स्थापना गरिएको प्रादेशिक बायोमेडिकलको साेमवार उद्घाटनका क्रममा उनले नागरिकलाई घरैमा उपचार मिल्ने गरी स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिएको बताए ।

उनले भने, “कुनै पनि नागरिकले उपचार नपाएर अकालमै ज्यान नजाओस् भन्ने हाम्रो लक्ष्य हो, स्वास्थ्य क्षेत्रमा बजेटको कमि हुन दिँदैनौं ।” सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले राजपुरमा उक्त बायोमेडिकलको स्थापना गरेको हो । सङ्घीय राजधानी बाहिर स्थापना भएको यो बायोमेडिकल पहिलो भएको बताइएको छ ।

उक्त मेडिकल स्थापनापछि यहाँका लाखौं नागरिक लाभान्वित हुनाका साथै घरैमा उपचार पाउने आशा गरिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक गुणराज अवस्थीले जानकारी दिए। बायोमेडिकल सञ्चालनका लागि आवश्यक जनशक्तिको पनि व्यवस्था चाँडै गरिने निर्देशनालयले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.