माओवादी सुदूरपश्चिम सम्मेलन लम्बियाे, आज प्रतिवेदनमाथि छलफल मात्रै
धनगढी । दुई दिनदेखि धनगढीमा चलिरहेकाे नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशकाे प्रथम सम्मेलन लम्विएकाे छ । नयाँ नेतृत्वसहित आज सम्पन्न गर्ने गरी सम्मेलनकाे शनिवार उद्घाटन भएपनि बन्दसत्रका प्रकृया मिलाउदै गर्दा सम्मेलन लम्विएकाे हाे ।
आज विहान ११ वजेदेखि बन्दसत्र सुरु गर्ने बताइएकाे भएपनि दिउँसाे २:३० वजेपछि मात्रै सुरु भएकाे थियाे । बन्दसत्रकै सुरुमा पार्टी ईन्चार्ज खगराज भट्टले विगतकाे माओवादी ओज पुर्नजीवित भैईरहेकाले सम्मेलनबाट समयकाे गति पगड्न सक्ने नेतृत्व चयन हुनेमा विश्वास दिलाए ।
हिजाेका दिन वलिदानीकालागि प्रतिस्पर्धा गर्ने माओवादी कार्यकर्ता आज पद र अवसरकाे पछाडी तछडमछाडमा लागिरहेकाे भन्दै काँग्रेस एमाले भन्दा भिन्न देखिन निर्देशन गरे ।
आजकाे बन्दसत्रमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य तारामान स्वारले राजनैतिक प्रतिवेदन पेस गरेका थिए । उनकाे प्रतिवेदनमाथि दफ्फावार छलफल पनि भएकाे थियाे । यसअघि पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सहईन्चार्ज लक्ष्मणदत्त जाेशीकाे अध्यक्षतामा पाँच सदस्यीय अध्यक्ष मण्डल गठन गरी माैजुदा प्रदेश कार्यसमिति विघटन गरिएकाे थियाे ।
अव साेमवार विहान नाैं बजे बन्दसत्र पुन: सुरु हुने निवर्तमान प्रदेश संयाेजक शरदसिंह भण्डारीले जानकारी दिए ।