शहिद परिवारकाे सम्मान गर्दै जाेरायल माओवादीकाे अधिवेशन सुरु
धनगढी । नेकपा (माओवादी केन्द्र ) डोटीकाे जोरायल गाउँपालिकाको प्रथम अधिवेशन राउतकट्टेमा सुरु भएकाे छ । अधिवेशनकाे एक कार्यक्रममाबीच नेकपा (माओवादी केन्द्र ) डोटीका इन्चार्ज शिव सिं ओलीले साेमबार उद्घाटन गरेका हुन् ।
अधिवेशन उद्घाटन सत्रमा साे पार्टीले चलाएकाे जनयुद्धमा शहदात प्रप्त गरेका ८ जना शहिद परिवारलाई दाेसल्ला ओडाएर सम्मान गरिएकाे थियाे । साेमबार नै सुरु भएकाे अधिवेशनकाे बन्दसत्रले ५५ सदस्यीय गाउँ कमिटी चयन गरेकाे र आज साेही कमिटीकाे बैठकवाट अध्यक्ष लगायतका पदाधिकारी निर्वाचित हुने नेकपा (माओवादी केन्द्र ) डोटीका इन्चार्ज शिव सिं ओलीले जानकारी दिए । 