गाेदावरी, दीपायल सिलगढी र आदर्शमा माओवादी सम्मेलन सम्पन्न
धनगढी । आगामी महिना आयाेजना हुने नेकपा माओवादी केन्द्रकाे राष्ट्रीय अधिवेशन अन्तरगत अहिले स्थानीय पालिकास्तरका सम्मेलनहरु चलेका छन् । यही क्रममा सुदूरपश्चिम प्रदेशका तीनवट पालिकाकाे अधिवेशन सम्मपन्न भएर नयाँ नेतृत्व चयन भएकाे छ ।
शुक्रवार कैलालीकाे गाेदावरी नगरपालिका डाेटीका दीपायल सिलगढी र आदर्श गाउँपालिकामा अधिवेशन सम्मपन्न भएकाे हाे ।
नेकपा माओवादी केन्द्र गोदावरी नगर कमिटीको अध्यक्षमा धर्म सिह कुँवर निर्वाचित भएका छन । कमिटीको उपाध्यक्षमा तिलक चौधरी, दिनेश शाह, कमला कैनी चयन भएका छन । कमिटीको सचिवमा मदन कठायत, सह सचिवमा तुलसी प्रसाद जोशी, कोषाध्यक्षमा शेर बहादुर बिष्ट चयन भएका छन ।सम्मेलनबाट ६५ सदस्यीय नगर कमिटी गठन गरिएको नेता उद्दब भट्टराईले जानकारी दिए ।
यस्तै उता डोटीकाे दीपायल सिलगढी नगर कमिटीको अध्यक्षमा क. असोक कुमार सोप सर्वसम्मत निर्वाचित भएका छन । त्यस्तै उपाध्यक्षमा पुर्ण बहादुर बोहरा, तेज बहादुर बोहरा र मिना नेपाली, सचिवमा गणेश साउद, सह सचिवमा रोसन सुचिकार र कोषध्यक्षमा अमृता नेपाली सहितको ५९ सदस्यीय कमिटी गठन भएको बिधार्थी नेता प्रकाश जाेशीले जानकारी दिएका छन् । डोटीकै आदर्श गाउँपालिका संगठन कमिटीको प्रथम अधिबेशनबाट कमरेड तपेन्द्र बोहरा (गौरब) को नेतृत्वमा ५५सदस्यीय गाउँ कमिटी निर्माण गर्दै सम्पन्न भएको छ । 