‘परिवर्तनको वाहक पार्टी माओवादी’ : मुख्यमन्त्री भट्ट
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं नेकपा माओवादीका केन्द्रीय नेता त्रिलाेचन भट्टले परिवर्तनको वाहक पार्टी माओवादीमात्रै भएको दाबी गरेका छन् । माओवादी केन्द्र दीपायल सिलगढी नगरकाे शुक्रवार प्रथम नगर सम्मेलनकाे उद्घाटन गर्दै देश माओवादीकै एजेन्डामा आएको बताएका हुन् ।
सुदूरपश्चिममा सबैभन्दा पुरानाे नगरपालिका दीपायल सिलगढी भएपनि यसअघि राजनीति गर्ने कसैले पनि यहाँकाे समस्य बुझेनन् । अहिले पछिल्लाे समय माओवादी आएपछि के के भैइरहेकाे छ तपाईहरुले मनन् गर्नुभएकाे हाेला, मुख्यमन्त्री भट्टले राजनीतिकसँग सामाजिक सबै खालका सकारात्मक परिवर्तन माओवादीको एजेन्डा भएकाले परिवर्तनको वाहक पार्टी माओवादीमात्रै भएको बताए । उनेले भने- ‘जनताकाे दुख सुखमा साथ दिने मात्रै नभइ समृद्धि र विकासकाे सम्बाहक पनि माओवादी बनेकाे छ ।’
माओवादी केन्द्र दिपायल सिलगढी नगर संयाेजक अशाेक साेबकाे अध्यक्षतामा भएकाे प्रथम सम्मेलनमा पार्टीका प्रदेश अध्यक्ष सरद सिंह भण्डारी केन्द्रीय सल्लाहकार शिद्दराज भाट र जिल्ला ईञ्चार्ज शिव सिं ओलीकाे उपस्तिथि रहेकाे थियाे । सम्मेलनकाे बन्दसत्र अहिले चलिरहेकाे छ । सम्मेलनले नयाँ कार्यसमिति छनाैट गर्ने बताइएकाे छ । 