डोटी काँग्रेस सभापतिका लागि आज पुनः मतदान हुँदै
धनगढी । नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत डोटीमा पार्टी सभापतिका लागि आज पुनः मतदान हुँदैछ । मंगलवार भएको निर्वाचनमा कूल खसेको मतमध्ये ५१ प्रतिशत कसैले पनि ल्याउन नसकेका कारण आज पुनः मतदान हुन लागेको हो ।
जिल्ला सभापतिमा भूमिराज बडु र नरेन्द्रबहादुर सिंहबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचन समितिका अनुसार मंगलवार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार थिए ।
नरेन्द्रबहादुर सिंहले ३५८, भूमिराज बडूले ३४२, प्रदीप देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझाले ३४ मत प्राप्त गरेका थिए ।