सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारामा मेला भर्नेकाे ओईराे
अमरगढी । सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला देहीजाँत बिहिबार रतेडी भएर आज शुक्रबार दिउँसेडी हुदैछ । कोरोना भाईरस संक्रमण जोखिमले गतवर्ष नित्यपुजामा सिमित देहिजाँत यस वर्ष भने पूर्ण रुपमा भैईरहेकाले मेला भर्ने दर्शनार्थीकाे ओइराे लागेकाेछ ।
काेराेना कालमा प्रशासनको निर्देशनमा व्यापार व्यवसाय रोक लगाउन भनिएको थियो । तर यस वर्ष भने पूर्ण रुपमा खुल्ला गरिएकाेले शान्ति सुरक्षामा जनपद र सशस्त्र प्रहरी खटईएकाे छभने नेपाली सेनासमेतलाई सतर्क गरिएकाे जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनएकाे छ ।उग्रतारामा कार्तिक शुक्ल पूर्णीमाको रातमा रतेडी र दोस्रो दिन दिउसेडी लाग्ने गर्दछ । रतेडीपछि बिहान चार बजे धार्मिक परम्परागत रुपमा दाईन दमाह, रुईसिंग, बिकुल, भोकर, शंक, घण्टा ईत्यादी बाजागाजाका साथ चारवटा गाउँबाट माता भगवतीको डोली सहित देउरो उग्रतारा मन्दिरमा पुगेसंगै भगवती माताको पुजन शुरु हुन्छ ।
दाेस्राे दिन विहान पुजन सकिएपछि भक्तजन एवं धार्मिक आस्थावानहरुलाई पुजारीले होम गरि बनाईएको तिलाख प्रशाद वितरण गरिन्छ । बिहानको पुजा आजापछि दिउसो भगवती माताको गाँज मन्दिर लगायत सयौ एकडमा फैलिएको मैदानको विशेष चार स्थानमा बाजागाँजाका साथ घुमाईन्छ । बिहान चारवटै गाउको भ्राणबाट ल्याईएको माताभगवतीको देउरो बेलुका पाँच बजेपछि पुनः चारवटै गाउको भ्राणमा लगेपछि मेला सम्पन्न हुन्छ ।
डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को सुन्दर डाँडामा उग्रतारा भगवतीको मन्दिर अवस्थित छ । उग्रतारा मेला व्यपार व्यवसाय र आफन्तजन संगको भेटघाट हुने समय मौकाको रुपमा प्रख्यात छ । मेलामा हराउदै गएका अन्न वाली फाँपर, भिमुर, तिमुर, तिल लगातय अदुवा, बेसार, चुक, मह, ध्यु, सुन्तरा, मौसमी, केरा लगायत स्थानिय स्तरमा उत्पादित विभिन्न चिज वस्तु संगै मोही बनाउन प्रयोग हुने पाथन, विभिन्न साग तरकारी प्याजको बेर्नाको राम्रो व्यापार हुन्छ ।
उग्रतारा मेलामा बिक्रि वितरण गर्ने पुर्व योजनाका साथ स्थानियहरुले विभिन्न बाँस निगलाका सरसामाग्री संगै खाद्य वस्तु एवं कृषि औजार, बेर्ना तयार पार्ने गरेका छन । मेलामा भारतका विभिन्न स्थानका व्यापारिले मिठाईका परिकार बनाई बिक्रि गर्ने गर्दछन । किम्बदन्ति अनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा शिलामा हलोको फाली लागेर रगत बगे पछि देवी उत्पन्न भएर दर्शन दिईन । त्यस दिन देखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पुजा गरिँदै आएको जनश्रुति छ ।
देहिजातको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने बिभिन्न दृष्यहरु, ईष्टमित्र, साथीसङ्गी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, सुदूरपश्चिमको लोकप्रिय खाना माँडा देहिजाँतमा प्रशस्त देख्न सकिन्छ । तर भगवतीको गाथाको रुपमा गाईने डेउडा भने खेलिदैन ।स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको विक्री तथा प्रबद्र्धनका लागि पनि मेला प्रसिद्ध छ ।
वर्षमा एक पटक भव्य रुपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा प्राकृतिक प्रकोप नहुने, सुख प्राप्ती, मनोकामना पूरा हुने जन विश्वास रहीआएको छ । उग्रतारा देवीको मन्दिर पश्चिम नेपालकै एक महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको स्थानीय बासिन्दा बताउँछन ।