करोडौंका गरगहना र नगदसहित कञ्चनपुरकाे बेलाैरीबाट २ जना पक्राउ

कञ्चनपुर । करोडौंका गरगहना र नगदसहित प्रहरीले कञ्चनपुरकाे बेलाैंरीबाट २ जनालाई नियन्त्रणमा लिएको छ। सोमबार राति बेलौरी नगरपालिका–१ पटैयाका लालबहादुर शाही र विष्णु शाहीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यलय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले बताए।

भारतीय प्रहरीको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। उनीहरुलाई भारतबाट चोरी गरेर ल्याइएका सुनका गरगहना र लाखौं नगद रकमसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हाे। बरामद गरिएका सुन, चाँदीलगायत सबै सामग्री करोडौं मूल्यको भएको र पहिचानका लागि प्राविधिक बोलाएर काम भइरहेको प्रहरी निरीक्षक विष्टले बताए। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।

पक्राउ परेकाहरुले भारतको बेङग्लोरबाट गरगहना, नगद र सुन चोरी गरेर नेपाल ल्याएको भन्दै सशस्त्र प्रहरीलाई खबर आएको र त्यसपछि नेपाल प्रहरीलाई खबर गरी घरमै छापा मारेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका एसपी बीरेन्द्र ऐरले बताए। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.