हवाई भाडा बढ्यो, सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा

काठमाडौँ । हवाई इन्धनको मूल्यवृद्धि भएसँगै वायुसेवा सञ्चालकले हवाई भाडा बढाएका छन्। हवाई टिकटमा जोडिने इन्धन वापतको मूल्य बढाइएको हो।

हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको छ। हाल आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ। इन्धनको मूल्य बढेपछि भाडा पनि बढाइएको हो। इन्धन वापत बढिमा २२० रुपैयाँ भाडा बढेको छ। सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा २२० रुपैयाँ बढेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.