पवन स्मृति कप फुटबल प्रतियोगिताकाे उपाधी डोटी वाईसीएलले जित्याे
डोटी । दशै र तिहारको अबसरमा आयोजित प्रथम पवन स्मृति कप २०७८ फुटबल प्रतियोगिताकाे उपाधी वाइसीएल नेपाल, डोटीले जितेकाे छ ।
शनिबार खप्तड रंगशाला दिपायल भएकाे फाइनल खेलमा आयोजक टीम दिपायललाई २-० ले हराउदै वाइसीएल डोटी टीमले उपाधि चुमेकाे हाे ।
आयाेजक टीम दिपायलले भने उपविजेतामै चित्त बुझाउनु परेकाे छ । प्रतियाेगीतामा आधा दर्जनबढी टीमकाे सहभागिता रहेकाे आयाेजकले बताएकाे छ ।
