उच्चशिक्षाबारे प्रध्यापककाे गाेष्ठिलाई मुख्यमन्त्री भट्टले शनिवार सम्बाेधन गर्ने

धनगढी । नेपाल प्राध्यापक संघको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा शनिबार कैलाली बहुमुखी क्याम्पसमा आयोजना हुने विज्ञहरुकाे गाेष्ठिलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले सम्बाेधन गर्ने भएका छन् ।

‘Research methodology training’ र नेपालमा उच्चशिक्षा : अवसर र चुनौती तथा ‘सामुदायिक क्याम्पसहरूको अवस्था र चुनौती’ गोष्ठी तयारीबारे जानकारी दिन आएकाे प्रध्यापक संघ पदाधिकारी टीमले शुक्रबार मुख्यमन्त्री भट्टसँग समय मागेकाे थियाे ।

मुख्यमन्त्री भट्टकाे सचिवालयले शनिबार बिहान ११ बजे कार्यक्रमकाे उद्घाटन र त्यसपछि गाेष्ठिलाई सम्बाेधन गर्ने कार्यक्रम तय भएकाे बताएकाे छ । गाेष्ठिमा देशभरका प्रध्यापक लगायत सुदूरपश्चिमका शिक्षा क्षेत्रका प्रभुद्ध ब्यक्तित्वहरुकाे सहभागिता रहने आयाेजक नेपाल प्रध्यापक संघले जनाएकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.