सुदूरपश्चिम प्रदेश सरकार मजदूर ऐन बनाउदै
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मजदूरकाे हक हितलाई प्रबर्द्धन गर्ने गरी मजदूर ऐन बनाउन लागेकाे छ ।
एक्किसाैं शताब्दीमा समाजवाद उन्मुख अर्थब्यवस्था अपनाउन बार्षिक याेजना तथा कार्यक्रमहरु साेही अनुरुप कार्यान्वयन गर्दैआएकाे सुदूरपश्चिम प्रदेश सरकारले छिट्टै मजदूर ऐेन ल्याउन लागेकाे मुख्यमन्त्री त्रिलाेचन भट्टले बताएका हुन् ।
बिहीवार ट्रेड युनियन काँग्रेस प्रदेश समितिसँगकाे छलफलमा मुख्यमन्त्री भट्टले यस्ताे बताएका हुन् । छलफलमा ट्रेड युनियन काँग्रेसले बन्न लागेकाे मजदूर ऐनमा समेट्नु पर्ने केही बुँदाहरु पनि मुख्यमन्त्री भट्टलाई बुझाएकाे थियाे । मुख्यमन्त्री भट्टले ट्रेड युनियन काँग्रेसका सुझाव ग्रहण गर्दै सरकारले ल्याउने मजदूर ऐन मजदूर वर्गकाे सम्मान र प्रबर्धन गर्ने खालकाे हुनेमा ढुक्क रहन आग्रह समेत गरे ।
सुदूरपश्चिम प्रदेश सरकार गरीब, कर्मजीवी मजदूर तथा किसानहरुकाे सरकार भएकाे मुख्यमन्त्री भट्टकाे भनाई थियाे ।