अवरुद्ध बाटो सुचारु गर्न डोटी माओवादी जनश्रमदान जुटाउदै

डाेटी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) डोटीले जनश्रमदान गरेर  दिपायल सिलगढी नगरपालिका वडा नं. ७ राँतुली काँकरी जाने बाटो निमार्ण गरेको छ । तिन दिनको लगातार वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने सडक भत्किएर पैदल हिड्न बाटो पनि नरहेपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) डोटीले जनश्रमदान गरेर करिब २ सय मिटर बाटो निमार्ण गरेको हो ।

कच्ची ग्रामीण सडक रहेको उक्त ठाउँमा पहिरोले भत्किएर हिड्नकालागि समेत बाटो नरहेका कारण श्रमदान गरेर बाटो सुचारु गरेको अखिल क्रान्तिकारीका डोटी जिल्ला अध्यक्ष प्रकाश जोशीले बताए । जोशीले भने ‘ पहिरोले बाटो भत्किएका कारण विद्यार्थी, बृद्धबृद्धा, सुत्केरी महिला तथा स्थानीय बासिन्दाहरूलाई आवात जावत कठिन भएको थियो अहिले कम्तीमा हामीले हिड्न मिल्ने बाटो तयार गरेका छौँ ।’

बाढी पहिरोको समयमा नागरिकको पिडा कम गर्नका लागी जनश्रमदान मार्फत बाढी पहिराे पीडित जनतासङ पार्टी जोडिएको माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य खगेन्द्रबहादुर साउँदले बताए । साउँदले भने ‘माओवादी केन्द्र जनताको सुख दुखमा साथमा छ, पहिरो पीडितलाई राहत, अवरुद्ध बाटोघाटा सुचारु गर्नेमा लागेका छौँ । यती मात्रै होइन सम्बन्धी ठाउँमा जनताको वास्तविक समस्या पनि पुर्‍याउने गरेका छौँ ।’

माओवादी केन्द्र डोटीको आयोजना दिपायल सिलगढी नगरपालिकाको समन्वयमा माओवादी निकट अखिल क्रान्तिकारी, वाईसिएल, अनेमसंघ क्रान्तिकारीसँग सम्बन्ध नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । यस अघि माओवादी केन्द्र डोटीले दिपायल सिलगढी नगरपालिका वडा नं. ४ दिपायल र वडा नं. ५ घोल्तडा जाने पुल जाने पहिरो परेका कारण बाटो अवरुद्ध भए पनि बाटो निमार्णगरी आवात जावतलाई सुचारु गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.