धनगढी पुगेर काँग्रेस नेता पौडेलले भने-‘डडेल्धुरामा पुनःअधिवेशन हुनुपर्छ’

धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले अर्ली इलेक्सन सम्भव नरहेको स्पष्ट पारेका छन् । आज (शनिबार) धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूहरुले लडेर संसद् पुनःस्थापना गरेको भन्दै संसद्ले पूर्ण कार्यकाल काम गर्नुपर्ने बताएका हुन् । पछिल्लो समय कांग्रेसकै नेताहरुले अर्ली ईलेक्सनको कुरा उठाईरहेको बेला नेता पौडेलको यस्तो भनाई आएको हो । उनले भने,‘अहिले अर्ली इलेक्सन सम्भव छैन । संसदले पूर्ण कार्यकाल काम गर्न पाउनुपर्छ भनेर नै हिजो हामी अदालत गएका हौं । त्यसैले संसदले आफ्नो काम कारबाही अगाडि बढाउनुपर्छ ।’

त्यस्तै, नेता पौडेलले डडेल्धुरामा सम्पन्न नेपाली काँग्रेसको विभिन्न अधिवेशन विवादित रहेको भन्दै पुनः अधिवेशन हुनुपर्ने बताएका छन्। पार्टीको क्रियाशील सदस्यता वितरणमा धाँधली भएको र छानविन समितिले निर्वाचन कार्यालयमा बुझाएको नामहरुमा पनि तलमाथि पारिएको उनले आरोप लगाएका छन्।

‘त्यो जगन्य अपराध हो। पार्टीको निर्वाचन प्रक्रिया स्वच्छ हुनुपर्छ’ उनले भने, ‘डडेल्धुरामा पार्टीका जिल्ला सभापति लगायत कार्यसमितिलाई निर्वाचन बाहिर राखेर अधिवेशन गरिएको  छ। त्यो अधिवेशन अधुरो हुन्छ। पार्टीको वैधानिक प्रक्रिया पूरा गरेर डडेल्धुरामा पुनः निर्वाचन हुनुपर्छ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.