एनआईसि एसिया बैंकद्वारा नयाँ व्याजदर सार्वजनिक
आफ्ना ग्राहकहरुलाई सजिलो बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एन आई सि एसिया बैंकले आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।बैकिङ्ग सेवाको पहुँच देशभर पुयाउने उद्देश्यसहित देशका विभिन्न स्थानमा शाखाहरु पनि विस्तार गरिरहेको यस बैंकले एक सूचना जारी गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सूचनामा कार्तिक १ गतेदेखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले बचत खातामा ६.१० देखि ८.१० प्रतिशतसम्म र मुद्दति निक्षेपमा ८.६० देखि ११.१० प्रतिशतसम्म व्याज दिने भएको छ । थप जानकारीको लागि तलको तालिकामा हेर्नुहोस्
