‘प्रदेश राजधानी निर्माणमा ओली बाधक बने’ -भाैतिक मन्त्री साेडारी

धनगढी । नेकपा (एस) सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले सुदूरपश्चिम प्रदेशको राजधानी निर्माणमा एमाले अध्यक्ष केपी ओली बाधक बनेको बताएका छन्। आज अत्तरीयामा नेकपा (एस) को भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

गोदावरीमा प्रदेशको राजधानी बनाउन ओली बाधक बनेको उनको दाबी छ। उनले भने, ‘जग्गा प्राप्ती नहुनुमा ओली बाधक हुन्। राजधानीका लागि प्रदेश सभाबाट निर्णय भएपनि ओलीले सो निर्णय कार्यन्वयन गर्न मानेनन्।’ ओलीले जतिसुकै षड्यन्त्र गरेपनि राजधानी गोदावरीमै बनाएर छाड्ने उनको भनाई छ।

यस्तै उनले भीम रावलको आफूहरु भक्त नभएको बताए । ‘रावलले हामीसँग सहकार्य गर्दा हामीले नेता मानेका थियौं,’ उनले भने, ‘तर उनका भक्त कोही थिएनन्, अहिले पनि नेकपा (एस) सुदूरपश्चिममा ठूलो दल बनेको छ ।’

रावल एमालेमा जाँदा पनि सुदूरपश्चिममा एकीकृत समाजवादी पार्टी पहिलो दल बनेको उनले बताए । उनले माओवादीबाट एमालेमा गएका लेखराज भट्टलाई समेत कमजोर बनेको बताए । जनता र कार्यकर्ताकाे भावना विपरित गएकाले नेताहरु आफै कमजाेर बनेकाे उनकाे टिप्पणी थियाे ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.