पाँच दिनदेखि बेपत्ता भनिएकी बृद्धाकाे शब खाल्डाेमा भेटियाे, नाती पक्राउ

बझाङमा एक वृद्धाको शव फेला परेको छ। जिल्लाको दुर्गाथली गाउँपालिका–६ की ८० वर्षीय रीखीदेवी जप्रेलको शव बिहीबार बिहान फेला परेको हो। उनको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

भदौ २७ गतेदेखि बेपत्ता रहेकी उनको खोजी गर्ने क्रममा खाल्डोमा गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए।

उनका अनुसार हत्याको आशंकामा उनका २१ वर्षीय नाति शुवास जप्रेल पक्राउ परेका छन्। फरार अवस्थामा रहेका उनी खोजी गर्ने क्रममा बिहीबार नै पक्राउ परेको प्रहरी स्रोतले बताएको छ। पक्राउ परेका शुवासलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइरहेको र बाँकी विवरण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी  नायव उपरीक्षक खड्काले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.