सुदूरपश्चिममा नेकपा (ए.समाजवादी) दलकाे नेतामा सोडारी चयन

धनगढी । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । सोडारी भौतिक पूर्वाधार विकास मन्त्री समेत हुन् ।

आज मंगलवार बसेकाे दलको बैठकले सर्वसम्मत रुपमा सोडारीलाई दलको नेताको रुपमा चयन गरेको प्रदेश सभा सदस्य दुर्गा विकले जानकारी दिइन् ।

बैठकले संसदीय दलको विधान समेत पारित गरेको उनले बताइन् । १४ सांसद सहित नेकपा एस प्रदेशको सबै भन्दा ठूलो दल हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.