प्रदर्शनकाक्रममा ज्ञानेन्द्र शाही घाइते, अस्पताल भर्ना
काठमाडौंको नयाँ बानेश्वरमा एमससीको विरोध गर्दै गर्दा प्रदर्शनको क्रममा घईते भएका छन् । हाम्रो नेपाल हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाही घाइते भएपछि अस्पताल भर्ना गरिएको बताईएको छ।
एमसीसी उपाध्यक्ष फतिमा सुमारविरुद्ध नाराबाजी गरेर एमसीसी खारेजीको माग गर्दा प्रहरीसँग झडप भएको थियो । झडपमा शाही लगायतका प्रदर्शनकारीहरू घाइते भएको बताईएको छ। शाहीको उपचार भईरहेको जनाइएको छ।