डडेल्धुरा सदरमुकामबाट बाेगटा जाँदै गरेकाे जिप दुर्घटना
धनगढी । डडेल्धुरा सदरमुकामबाट बोगटा जाँदै गरेको जिप दुर्घटना भएको छ।मंगलबार करीब ६ बजेको समयमा म १ ज १८४ नम्बर को जिप अमरगडी बिरादे भन्ने ठाउँमा दुर्घटना भएको हो।
दुर्घटनामा परी एक महिला घाइते भएकी छन्। उनको नाम ठेगाना भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
सडक चिप्लो भएका कारण जिप सडक मै पल्टिएको प्रहरीले जनाएको छ। जिपमा सवार अन्य यात्रुको अवस्था भने सामान्य रहेको डडेल्धुरा प्रहरीले बताएको छ।