पार्टी फुटेका प्रदेश र स्थानीय जनप्रतिनिधिकालागि दल राेज्ने आज अन्तिम दिन
धनगढी । फुटेका पार्टी एमाले र राजपाका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिका लागि पार्टी राेज्ने तोकिएको समयसीमा आज सकिदै छ। एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएकाे छभने राजपा फुटेर लाेकतान्त्रिक समाजवादी बनेकाे छ ।
सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएकोमा आज सम्मको समयसीमा तोकिएको थियो।
प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टले आज ५ बजेसम्म मात्रै सनाखत हुने जानकारी दिए। ‘दल बदल्न चाहने प्रदेशसभा सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्थित निर्वाचन कार्यालयमा सनाखत गराउनुपर्ने उनकाे भनाई छ।