गोदावरी नगरपालिकाका उपमेयर सहित ५ जनाले रोजे नेकपा (एस)

धनगढी । गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले नेकपा (एकीकृत समाजबादी) रोजेकी छन् । प्रदेश निर्बाचन कार्यालय धनगढी पुगेर आइतबार उपप्रमुख कडायतले समाजबादीको पक्षमा सनाखत गरेकी हुन् ।

गोदावरी नगरपालिकामा एमालेबाट निर्बाचित जनप्रतिनिधी ३२ जना छन् । ती मध्य ५ जनाले समाजबादी रोजेका छन् । नगरपालिकाकी उपप्रमुख रत्ना कडायत, वडा नम्बर ५ का वडा अध्यक्ष कर्ण बोहरा, वडा सदस्य कमल सिं राना, वडा नं ६ का वडा सदस्य धन बहादुर खड्का, वडा नं ३ की सदस्य रामपत्ति चौधरीले समाजबादी रोजेका हुन् ।

१२ वडा रहेको गोदावरी नगरपालिकामा ६ वडामा एमालेका वडा अध्यक्षले चुनाव जितेका थिए । त्यसमध्ये वडा नम्बर ११ का वडा अध्यक्ष शिव बिकले पनि एकीकृत समाजवादी रोज्ने संकेत गरेका छन ।

गोदावरीमा उपप्रमुख सहित वडा नम्बर ५ र ११ का वडाअध्यक्ष सुरु देखि नै माधव नेपाल पक्षमा उभिएका थिए । वडा अध्यक्ष विकले सोमबार सम्ममा एकीकृत सामाजवादीका पक्षमा सनाखत गर्ने जनाएका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.