कैलालीमा काँग्रेसको वडा अधिवेशन स्थगित

धनगढी । कैलालीमा नेपाली काँग्रेसको वडा स्तरको अधिवेशन स्थगित भएको छ। भदौ १८ गते हुने भनिएको वडा स्तरको अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो।

नेपाली काँग्रेस कैलालीले एक सूचना जारी गर्दै जिल्लमा हालसम्म क्रियाशिल सदस्यको नामावली उपलब्ध नभएको भन्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि वडा स्तरको अधिवेशन स्थगित भएको जानकारी दिएको छ।

जिल्ला उपसभापति प्रकाश बमका अनुसार जिल्ला कार्य समितिबाट निर्णय गर्दै २२ गते वडा अधिवेशन गर्ने तयारी भइरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.