स्पाइनल अपाङ्गता भएकी एक किशारीकाे प्रश्न- ‘हाम्राे पीडा कहिले बुझ्ने सरकार’ !
धनगढी । उच्च शिक्षा पढ्दै गर्दा लडेर स्पाइनल इन्जुरी भई अपाङ्गता जीवन जीउन विवश कैलाली गाैरीगंगाकी टीका पुरी एक किशोरी हुन् । उनले बाँच्न गाह्राे भइरहेकाे भन्दै सरकारसँग गुनासाे पाेखेकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा हामी स्पाइनलहरूको पिडा बुझ्ने कहिले सरकार ? भन्दै कहिले काँही एकहाेराे बस्दा एक मिनट हातखुट्टा झमझमाउँदा अफ्ट्याराे महशुस गर्ने तपाईहरु हाम्राे पीडा कहिले बुज्झ्छाैं भनेर प्रश्न गरेकी छन् । समाजिक जिवन निर्वाह भत्ता यति प्रतिशत बढाए भनेर दयाकाे धाक धक्कु लगाउनुभन्दा याेग्यता र शाररीक अवस्थाले गर्नसक्ने राेजगारी दिन उनले माग गरेकी छन् ।
सरकारले दिएको अपाङ्गता भत्ताले हामी स्पाइनलहरूको लागि अतिआवश्यक स्वास्थ्य सामग्री किन्न पनि नपुग्ने उनकाे भनाई छ ।
