भूमिगत रुपमा २ नम्बर प्रदेश प्रमुखकाे सुदूरपश्चिम भ्रमण

धनगढी । ‘शिरमा देश र मनमा मदेश’ भन्नुहुने प्रदेश २ का प्रमुख डा. राजेश झा अहिराजले भुमिगत रुपमा सुदूरपश्चिम प्रदेशकाे भ्रमण गरेका छन् । प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई हटाएर ओली सरकारद्वारा नियुक्त पत्रकार पृष्ठभूमीका राजेशले दुई दिन लगाएर कैलाली कञ्चनपुरकाे भ्रमण गर्दा यहाँका प्रहरी, प्रशासन तथा स्थानीय र प्रदेश सरकार कसैलाई खबर छैन् ।

सुरक्षाका दृष्टिले बिशिष्ट मर्यदाक्रममा रहने प्रदेश प्रमुख आफ्नाे पदीय ख्याल नराखी  शनिवार धनगढीमा आगलागी भएकाे उधाेग निरीक्षणमा देखिएका राजेशले लगत्तै धनगढीका केही सञ्चारकर्मीलाई भेटेकाे भएपनि के काम र शिलसिलामा आएका हुन भन्ने एकीन नभएकाे सराेकारवालाले बताएका छन ।सुदूरपश्चिमकाे कैलाली मात्रै नभई २ नम्बर प्रदेश प्रमुख अहिराज आईतवार नै भारतीय सिमा गड्डाचाैकी, कञ्चनपुर पुगेका भएपनि कञ्चनपुरका प्रहरी तथा प्रशासन कसैलाई पनि जानकारी छैन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महताेले दिउँसाे नै जिल्लावाट बाहिरीएकाे जानकारी गराउँदै भीआइपी ब्यक्तित्व के कामले आउनुभएकाे थियाे भन्नेबारे आफुहरुलाई थाह नभएकाे प्रतिकृर्या दिए। यस्तै २ नम्बर प्रदेश प्रमुख पदीय मर्यादाकाे ख्याल नराखी धनगढी र कञ्चनपुरमा घुमेकाे फाेटाहरु सामाजिक सञ्जालमा देखिएका भएपनि किन र के कामका शिलसिलामा आउनुभएकाे हाे केही थाह नभएकाे सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलाेचन भट्टका प्रमुख स्वकीय सचिव शिबसिं ओलीले बताए ।

 

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.