धनगढी । “समृद्ध राष्ट्र निर्माणका लागि सङ्कल्प अभियान नेपाल” द्धारा स्वतन्त्रको एकता महाकाली मेची यात्रा कञ्चनपुरको गड्डाचौकीबाट सुरु भएको छ। कैलालीको गोदावरीका युबा प्रेमराज भट्टको नेतृत्वमा सुरु भएको अभियानको उद्घाटन सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारादत्त जोशीले गरेका हुन्।
“राष्ट्रियता, सुशासन, समृद्धि, एकता” नारासहित सुरु भएको अभियान अन्तर्गत टोलीले महाकाली–मेची यात्रा गर्ने जनाएको छ । युवाहरूले पार्टीको झन्डा नभई नेपालको झन्डा बोकेर अघि बढ्नुपर्ने संयोजक भट्टले बताए।
अभियान पूर्वको धरानमा गएर समापन हुनेछ। राजनितिक दलहरुले अहिलेको समस्याको समाधान दिन नसक्ने भन्दै उनीहरुले कम्तिमा स्थानिय तहमा स्वतन्त्र ब्यक्ती निर्बाचित हुनुपर्ने जिकिर राख्दै आएका छ्न।