प्रहरीद्वारा डडेल्धुराका दुई घरबाट २ अबैध भरुवा बन्दुक बरामद

डडेल्धुरा । डडेल्धुराबाट प्रहरीले भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् भने एक जना फरार भएका छन् । मंगलबार आलिताल गाउँपालिका – ४ रज्यौडाका दीपक सिजाली र गगन बोहराको घरमा एक/एक वटा भरुवा बन्दुक बरामद गरिएको थियो ।

अवैध रूपमा हातहतियार रहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुवै जनाको घरको कोठामा १–१ वटा भरुवा बन्दुक नाल थान २ फेला पारेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रहरीले दीपक सिजालीलाई पक्राउ गरेपछि गगन बोहरा फेला नपरेकोले खोजतलास भइरहेको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.