विपद् व्यवस्थापनमा समुदायको सक्रियता बढाउँदै एनएनएसडब्लुए

धनगढी । कञ्चनपुरमा रहेकाे  नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए)ले विपद् व्यवस्थापनमा समुदायको सक्रियता बढाउँदै लगेकाे छ । बाढीमा आधारित कृत्रिम घटना नमूना अभ्यास कार्यक्रमले विपद् व्यवस्थापनमा समुदायको भूमिका, चेतना र तयारीलाई बलियो आधार दिएको  ।

अन्तरराष्ट्रिय संस्था मर्सिकोरको साझेदारीमा एएनएनएसडब्लुए ले जलवायु उत्थानशील समुदाय कार्यक्रमअन्तर्गत बिहीबार वनहरा नदीमा आयोजना गरिएको कृत्रिम घटना नमूना अभ्यासमा विपद् आउनुअघि, विपद्को बेला र पछि अपनाइने कार्यलाई व्यावहारिक अभ्यासमार्फत प्रदर्शन गरिएको छ । 

कार्यक्रममा विशेष रूपमा पूर्वसूचना कार्यदल, उद्धार कार्यदल र प्राथमिक उपचार कार्यदलले आ–आफ्नो जिम्मेवारीअनुसार नमूना अभ्यास गरेर देखाएका थिए । विपद्को अवस्था आउँदा समुदायले कसरी समन्वय गरेर सुरक्षित ढङ्गले प्रतिकार गर्न सक्छ भन्ने कुरा नमूना अभ्यासका क्रममा देखाएको जलवायु उत्थानशील समुदाय कार्यक्रमका संयोजक महेश घिमिरेले जानकारी दिए ।

‘जलवायु उत्थानशील समुदाय कार्यक्रम’अन्तर्गत आयोजना गरिएको यस कार्यक्रमको प्रमुख उद्देश्य स्थानीय तहमा बाढी, डुबानजस्ता प्राकृतिक विपद्का खतरालाई न्यून गर्ने र जनधनको सुरक्षा सुनिश्चित गर्नु रहेको छ ।

विपद् न्यूनीकरणका लागि कार्यक्रमअन्तर्गत दोधारा चाँदनी नगरपालिका–१० कुतियाकभर, शान्तिटोल, पटरा खल्ला, कृष्णपुर नगरपालिका–२ अठन्नीफाँटा, नयाँ बस्ती, खल्लागोठलगायत क्षेत्रका बाढी प्रभावित समुदायमा मानवीय क्षति न्यूनीकरण गर्न कृत्रिम घटना नमूना अभ्यास कार्यक्रम सञ्चालन गरिएका छन् । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.