इजरायलमा सुदूरपश्चिमका १० विद्यार्थीको मृत्यु, एक बेपत्ता

काठमाडौ । नेपालबाट इजरायल सरकारको सहयोगमा ‘लर्न एन्ड अर्न’ कायक्रममा गएका सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको मृत्यु भएको छ । साथै एक जना सम्पर्कविहीन छन् भने चार जना अस्पतालमा उपचारत छन् । 

नेपालका तीन विश्वविद्यालयबाट अध्ययनका लागि २६५ जना इजरायलमा गएका थिए । तीमध्ये कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना थिए । सुदूरपश्चिम विश्वविद्यालयका उक्त समूहमा अध्ययनरत १७ जनामध्ये १२ जना सम्पर्कविहीन, तीन जना उपचाररत र दुई जना सकुशल रहेको जानकारी प्राप्त भएको रजिस्ट्रार प्रा. यज्ञराज पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विश्वविद्यालयकी रजिस्ट्रार प्राध्यापक डा. शारदा थपलियाले भने उक्त  विश्वविद्यालयका सबै सकुशल रहेको र स्थानान्तरणको प्रयास भइरहेको जानकारी दिनुभयो । शनिबार बिहान इजरायलमाथि प्यालेस्टिनी इस्लामिक समूह हमासले आक्रमण गर्दा उक्त घटना भएको हो । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले १० जनाको मृत्यु भएको र  एक जना सम्पर्कविहीन भएको बताए । अरू चार जना अस्पतालमा उपचारत भए पनि खतरामुक्त भएको उनको भनाई छ। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.