डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथि रहेको डडेल्धुराकाे एक कार्यक्रमको मञ्च ढलेकाे छ । मन्च ढलेपछि मुख्यमन्त्री शाहसहित सहभागी सबैकाे भागाभाग भएको छ।
बुधबार डडेल्धुरा बहुमुखी क्याम्पसको २८ औं वार्षिकोत्सव कार्यक्रमको मञ्च अचानक ढलेपछि भागाभाग परेको हो। स्टेजमा मुख्यमन्त्री शाहसँगै माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सदस्य सरस्वती खड्का, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुख लगायत रहेका थिए।
मञ्च भत्किएर चोट भने कसैलाई लागेको छैन। मञ्च भत्किएपछि केही समय कार्यक्रम भने स्थगित भएको थियो।