घरको छतबाट लडेर डडेल्धुरामा एक महिलाको मृत्यु

अमरगढी । घरको छतबाट लडेर डडेल्धुरामा एक महिलाको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–५ तुफानडाँडाकी ४६ वर्षीया जानकीदेवी महरको छतबाट लडेर मृत्यु भएको हो।

बुधवार साँझ आफ्नै घरको छतमा कपडा सुकाउने क्रममा उनी लडेर घाइते भएकी थिइन्। घाइते महरलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएकोमा त्यहाँबाट धनगढी रेफर गरिएको थियो।

धनगढी ल्याउने क्रममा उनको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.