बन्दुकसहित डडेल्धुराकाे अजयमेरुबाट एकजना पक्राउ

डडेल्धुरा । डडेल्धुराबाट बन्दुकसहित एक जना पक्राउ परेका छन। जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्बर ६ भण्डारी गाउँका ४२ वर्षीय वीरसिंह भण्डारीलाई एकनाले भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो।

भण्डारीसँग ईजाजतपत्र नभएको उक्त बन्दुक रहेको भन्ने सूचनाको आधारमा शनिवार बिहान प्रहरी चौकी देवलदिब्यपुरबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.