धनगढी । डडेल्धुरामा बसपार्क निर्माण हुने भएको छ। जिल्ला सदरमुकाम अमरगढीकाे डकलेमा बसपार्क निर्माणका लागि बोलपत्र आह्वान गरिएको हो।
सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले बोलपत्र आह्वान गरेको छ। जिल्ला सदरमुकाम बागबजारबाट पाँच किलोमिटरको दूरीमा व्यवस्थित बसपार्क बनाउनका लागि बोलपत्र आह्वान भएको हो।
१६ करोड ५० लाखको लागत इस्टिमेट अनुसार ठेक्का आह्वान भएको कार्यालय प्रमुख रमेश थिङले बताए। उनले बुहवर्षीय ठेक्कामार्फत डकले बसपार्क निर्माण गर्ने योजना रहेको बताए। चालू आर्थिक वर्षका लागि ४ करोड २० लाख बजेट विनियोजन भएपछि बोलपत्र आह्वान गरेका हो।